काठमाडौं – लामो समय पछि पर्दामा देखिन लागेकी अभिनेत्री संचिता लुइँटेल अभिनित फिल्म ‘गुनगुन’को टिजर सार्वजनिक भएको छ। यस अघि फिल्म राधामार्फत् स्क्रिनमा छाएकी संचिता अब भने फिल्म ‘गुनगुन’मार्फत् दर्शक माझ आउने भएकी हुन्।
फिल्म आउँदो कार्तिक ३० गतेबाट प्रर्दशनमा आउने छ। फिल्मको सार्वजनिक टिजरमा प्रेम र द्वन्द्वलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।
पुकार भट्टराईले निर्देशन तथा प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिताका साथै रवीन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाललगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।