काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ।
भेटमा देवेगौडाले नेपालले विम्स्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिएका थिए। देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताए।
प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट खासगरी तीन वटा कुरामा उपलब्धी भएको छ। जलमार्ग, रेलमार्ग र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धी भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।