काठमाडौं– यस साता नेप्से परिसूचकसँगै कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ।
साताभर नेप्सेमा १ सय ९३ कम्पनीको सेयर किनबेच भएको छ। जसको १ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबार रकम गत साताको भन्दा २ सय ५९ दशमलब ३४ प्रतिशत बढी हो। गत साता ८० करोड ३० लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलब ४९ अंकले बढेर अन्तिम दिन १ हजार २ सय २९ दशमलब ७७ अंकमा पुगेको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलब ५५ अंकले बढेर २ सय ६० दशमलब ३५ अंकमा आइपुगेको छ।
यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ। बैंकको २२ करोड ५० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
समूहगत परिसूचकहरुको उतारचढाव:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।