काठमाडौं- नेपाली सुगम संगीतका लोकप्रिय गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ। उनको नयाँ एल्बम 'शिवालय'मा समेटिएको गीत 'मलाई म जस्तै बन्न देऊ' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।
महेश आचार्यको शब्दमा आफैले संगीत भरेको गीतको म्युजिक एरेन्ज सुजिल कर्माचार्यले गरेका हुन्।
स्वतन्त्रता चाहने युवाको मनोविज्ञान समेटेर गीत तयार पारिएको रचनाकार आचार्यले बताए।
संगीता श्रेष्ठको निर्देशन रहेको भिडियोलाई लु: ज: सिंहले खिचेका हुन्। भिडियोमा नवकलाकार कृतिका काफ्लेको मुख्य भूमिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।