नयाँ दिल्ली– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच आज दिउँसो भेटवार्ता भएको छ।
भेटमा दुवै नेताका बीचमा नेपाल–भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ।
भेटमा अध्यक्ष प्रचण्डले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
उनले आज बिहान प्रवासी नेपालीसँग भएको छलफलमा प्रवासीहरुले उठाएको ‘सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटना’का सम्बन्धमा गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए।
गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना घट्न नदिने विश्वास दिलाएका बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।