पोखरा– पोखरा महानगरपालिकाले गएको एक वर्षको अवधिमा २१ वटा खेलमैदान निर्माण गरेको छ। शिक्षा मन्त्रालयबाट समेत अनुदान आएकाले धेरै विद्यालयमा खेलमैदान बनाएको महानगर योजना शाखा प्रमुख शारदामोहन काफ्लेले जानकारी दिए।
‘मन्त्रालयबाट पनि आर्थिक अनुदान आएको थियो। तुरुन्तै मन्त्रालयलाई रिपोर्टिङ गर्नुपर्ने भएकाले समयमै धेरै योजना सक्यौं,’ काफ्लले भने, ‘गत आर्थिक वर्षमा हामीले ८० प्रतिशत खेलमैदान निर्माण योजना पूरा ग¥यौं।’ आर्थिक वर्ष २०७४/७५ मा महानगरले २६ वटा खेलमैदान निर्माण गर्ने योजना बनाएको थियो। एक वर्षभित्रमै सबै योजना पूरा गर्ने योजना भएपनि केही वडामा प्राविधिक कारणबस काम पूरा हुन नसकेको काफ्लेले स्वीकारे।
महानगरले गत आर्थिक वर्षमा २ स्कुलमा ब्याडमिन्टन कोर्ट बनाउने योजना बनाएको थियो। तर, एउटा मैदानको मात्रै निर्माण कार्य पूरा भएको छ। ‘टेबलटेनिस कोर्ट पनि बनाउन थालेका छौं। जुन योजना अहिलेसम्म चालु अवस्थामा छ,’ काफ्लेले भने। पुुराना २ वटा खेलमैदानलाई पनि मर्मतसम्भार गरिएको उनले जानकारी दिए। खेलमैदान तथा कोर्ट बनाउन महानगरले ८६ लाख रुपैयाँ खर्च गरेको थियो।
महानगरले विद्यालयहरुमा खेलकुद मैदान निर्माण गर्ने मात्रै नभई खेलसम्बन्धी सामाग्रीसमेत सहयोग गरेको थियो। ‘महानगरपालिका भित्र फुटबल प्रतियोगिता, खेलकुद सामाग्री वितरण तथा कम्प्युटर खरिद गर्नमासमेत सहयोग ग¥यौं,’ काफ्लेले भने।
उनका अनुसार अघिल्लो वर्षको योजनाबाट बाँकी रहेका ५ वटा सहयोगका कार्यक्रम यस वर्ष सञ्चालनमा छन्। ‘सहयोग कार्यक्रमअन्तर्गत हामीले तयार पारेको योजनाको ८४ प्रतिशत काम ग¥यौं, त्यति योजना पूरा गर्न २१ लाख रुपैयाँ खर्च भयो,’ काफ्लेले भने। महानगरले सहयोग कार्यक्रम अन्तर्गत ३१ योजना सञ्चालन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।