काठमाडौं– संघीय संसदले विभिन्न ४ वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकले रोजगारीको हक सम्बन्धी विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछुत(कसुर र सजाय) पहिलो संशोधन विधेयक २०७५, सामाजिक सुरक्षा विधेयक २०७५ र भूमि सम्बन्धी सातौ संशोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको हक सम्बन्धी विधेयक २०७५, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जातीय भेदभाव तथा छुवाछुत(कसुर र सजाय) पहिलो संशोधन विधेयक २०७५ र सामाजिक सुरक्षा विधेयक २०७५ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पद्मा अर्यालले भूमि सम्बन्धी सातौ संसोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भनि गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
प्रतिनिधिसभाको अर्को बैठक भदौ २८ गते बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।