काठमाडौं– मल्टिस्टार फिल्म ‘जय भोले’को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता खगेन्द्र लामिछानेको कमेडीले भरिएको फिल्मकाे ट्रेलर बिहिबार सार्वजनिक गरिएको हो।
१२ वर्षपछि फिल्म यात्रामा फर्किएका अशोक शर्माको निर्देशनमा तयार भएकाे फिल्मको ट्रेलरमा कमेडी, प्रेम र द्वन्द्वलगायतका विषय समेटिएको छ। अभिनेत्री स्वस्तिमा खड्काको प्रेममा रुमलिएका दुई पात्र खगेन्द्र र सौगात मल्लबीचकोे संघर्ष ट्रेलरमा देख्न सकिन्छ।
अभिनेता खगेन्द्रकाे लेखन समेत रहेको फिल्ममा उनकै मुख्य अभिनय रहेको छ। झापा र इलामका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा निर्देशक शर्मा परिवारको लगानी छ।
फिल्ममा खगेन्द्र, सौगात, स्वस्तिमा, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, जयनन्द लामालगायतका कलाकारको अभिनय छ।
'ह्युमर' तथा 'सोसल कमेडी'मा अाधारित चलचित्र ‘जय भोले’मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, तथा वसन्त श्रेष्ठको नृत्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।