काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा जाने भएका छन्। १२ दिने भ्रमणका लागि पौडेल भदौ ३० मा युरोप प्रस्थान गर्नेछन्।
पौडेलको निजी सचिवालयका अनुसार कांग्रेसनजिकको जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा उनी सहभागी हुनेछन्।
नेता पौडेल बेल्जियम, लग्जेम्वर्ग, फ्रान्स, पोर्चुगल, स्पेन, स्विजरल्यान्ड, जर्मनी र नेदरल्यान्डमा जनसम्पर्क समितिले आयोजना गर्ने ८ वटा कार्यक्रममा सहभागी हुने बताइएको छ।
असोज १० मा उनी नेपाल फर्किने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।