काठमाडाैं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले वैदेशिक लगानीको मुनाफाको ग्यारेन्टी सरकारले लिने घोषणा गरेका छन्।
मन्त्री यादवले सरकारले वैदेशिक लगानी भित्र्याउन लगानीकर्ताहरुको लगानीको उचित सुरक्षा गर्न सक्दो प्रयास गरिरहेको दाबी पनि गरे। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाडौंमा आयोजना गरेको वैदेशिक लगानीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वैदेशिक लगानी भित्र्याउने विषयमा सरकारलाई आवश्यक सुझाव दिन निजी क्षेत्रका उद्योगी, व्यवसायी, बुद्धिजीवि र सञ्चारकर्मीहरुलाई पनि आग्रह गरे।
लगानी गर्नेलाई नाफा हुन्छ भन्ने विश्वास सरकारले दिलाउने मन्त्री यादवको भनाइ छ।
मन्त्री यादवले मुलुकमा वैदेशिक लगानी भित्र्याउन प्रयास गरिरहँदा पनि सरकारको आलोचना सञ्चारमाध्यामबाटै हुने गरेको गुनासो पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।