काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चार दिने भ्रमणका लागि बिहीबार भारत जाँदैछन्।
उनी भारतीय विश्व सम्बन्ध परिषद् (आइसिडब्लुए) को कार्यक्रममा भाग लिन भारत जान लागेका हुन्। शुक्रबार उनले आइसिडब्लुएको कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट गर्नेछन्। 'भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेट गर्ने टुंगो लागेको छ', प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले भने, 'अन्य महत्त्वपूर्ण राजनीतिक भेटवार्ता हुनेछन्।'
प्रचण्डसँगै पत्नी सीता दाहाल, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा पनि भारत जाने सापकोटाले जानकारी दिए।
प्रचण्ड बिहीबार दिउँसो ३ बजे एयर डन्डियाको विमानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
नेपाली दूतावासले बिहीबार साँझ प्रचण्डलाई स्वागत गर्ने कार्यक्रम राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।