काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले भदौ १ गतेदेखि जारी मुलुकी संहितामा प्रेसलाई अंकुश गर्ने व्यवस्था ल्याइएकोमा आपत्ति जनाएका छन्।
सांसद रसाइलीले बुधबार संसदमा बोल्दै भने, 'संहिता आउँदै गर्दा प्रेस स्वतन्त्रतामाथि व्यापक अंकुश लगाउने, एउटा हातमा नेल लगाएर प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्न सकिँदैन।'
रसाइलीले प्रेस स्वतन्त्रताबिना कुनै पनि देशको संविधानलाई लोकतान्त्रिक मान्न नसकिने र सरकारले पनि लोकतान्त्रिक हो भनेर विश्वास दिलाउन नसक्ने दाबी गरे।
'प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नाको निम्ति सरकारले छिटोभन्दा छिटो यसमा छलफल गर्न जरुरी छ। संशोधन ल्याउन जरुरी छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।