काठमाडाैं– नेपाली हिन्दु नारीहरूको विशेष पर्व तीज नजिकिँदै छ। प्रत्येक वर्ष तीजलाई हर्षोल्लासका साथ मनाउन तीज विशेष गीतहरू निस्कन्छन्।
पछिल्लो समय तीज विशेष भनेर बजारमा आएका गीतहरू तीज केन्द्रित नभएको स्रोता/दर्शकको टिप्पणी छ।
तर हालै युट्युबमा एउटा तीजको गीतले भने सबैको ध्यान खिचेकोे छ।
काठमाडौंको शंकमुलस्थित अवार्नेस इन्टरनेसनल एकेडेमी स्कुलका विद्यार्थीहरूले गाएको तीज गीतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
गीतमा व्याकरणका ‘ह्रस्व, दीर्घ’का नियमबारे सिकाइएका छन्। स्कुलको तीज विशेष कार्यक्रममा विद्यार्थीले उक्त गीत प्रस्तुत गरेका थिए। गीतको सुरुको शब्द यस्तो छ:
साधरण नियम यो सुरुको र बीचको
ह्रस्व हुन्छ, अन्तिमको दीर्घ बरिलै
हात्ती, स्वामी, खसी, सम्धी चारवटा अपवाद
पुलिंगी नाम आए, ह्रस्व घुमाऊ हात
कक्षामा नेपाली शिक्षक बिमल घिमिरेले ह्रस्व, दीर्घ का नियम सिकाउन बनाएका गीत नै उनीहरूले गाएका हुन्।
गीतको भिडियो सोमबार मात्र युटुबमा राखिएको हो।
हालसम्म २१ हजार ५ सय ३१ जनाले भिडियो हेरिसकेका छन्।
भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।