काठमाडौं– अभिनेत्री आना शर्मा स्टारर फिल्म ‘द म्यान फ्रम काठमाडौं’को अफिसियल ट्रेलर र पोस्टर एकसाथ सार्वजनिक भएको छ। पेमा धन्डुपको निर्देशनमा बनेकाे फिल्म अंग्रेजी भाषामा तयार भएको छ।
अमेरिका र नेपालका विभिन्न स्थानमा खिचिएको फिल्मको ट्रेलरका केही दृश्यहरूमा अभिनेत्री आना शर्मा बोल्ड अवतारमा प्रस्तुत छिन्।
फिल्ममा आनासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, मिथिला शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम, साम्तेन भुटिया लगायतको अभिनय छ।
नकिम उदिमको निमार्णमा बनेको फिल्ममा धार्मिक आस्था, मनोवैज्ञानिक तथा भौतिक प्रभावको कथा प्रस्तुत गरिएको छ।
फिल्मकाे ट्रेलर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।