काठमाडौं- मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत नेपाल टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दैछ। यसअघि भएका ४ खेलमा २ मात्र जित निकालेको नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेलेको हो।
अंक तालिकामा चौथो स्थानमा छ नेपाल। हङकङ २ जित र एक हारका साथ तेस्रो स्थानमा छ। नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएर्इ) सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो।
छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाई समेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ। ४ खेलमध्ये ३ मा जितका साथ ओमान अंक तालिकाको शीर्ष स्थानमा छ। ४ खेलमध्ये ३ मा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ।
मलेसिया र सिङ्गापुर भने फाइनल पुग्ने होडबाट बाहिरिइसकेका छन्।
एसिया कपमा छनोट हुन नेपालले हङकङलाई जित्नैपर्नेछ भने अन्य टिमको खेल नतिजाले पनि नेपालको अगाडिको बाटो तय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।