काठमाडौं– सञ्चारकर्मी प्रेम अधिकारीको शब्दमा तयार भएको तीज गीत सार्वजनिक भएको छ। 'गाउँ सहर जताततै तीजको लहर आयो' बोलको गीतमा सुनिता कट्वालले आवाज भरेकी छन्।
युट्युबमार्फत सार्वजनिक गीतको भिडियो इटहरी आसपास छायांकन गरिएको हो। गीतमा बलराम समालको संगीत रहेको छ।
तुलसी घिमिरेको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त भिडियोमा सुष्मिता कोइराला लगायतले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।