मिर्मिरे लघुवित्त र काबेली विकास बैंकले कति दिने भए बोनस सेयर?

Nepal Live

काठमाडौं– मिर्मिरे लघुवित्त वित्तीय संस्था र काबेली विकास बैंकले लगानीकर्तालाई बोनस सेयर दिने प्रस्ताव गरेका छन्।

मिर्मिरे लघुवित्तको आइतबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २४ प्रतिशत बोनस सेयर र १ दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। संस्थाले हकप्रद सेयर बाडँफाटपछि कायम चुक्ता पुँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँको २५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

यता काबेली विकास बैंकको पनि लगानीकर्तालाई ३५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। बैंकले चुक्ता पुँजी २१ लाख ५ लाख ९० हजार रुपैयाँको ७ करोड ३७ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो।

दुवै कम्पनीको प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंक र संस्थाहरुको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन्।


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार