काठमाडौं– ‘प्रेम मेरा लागि सिरियस कुरा भएन’, सार्वजनिक संघारमा रहेको प्रेम कथानक फिल्म रोजका लागि मूल पात्र प्रदीप खड्काको भाव–भंगीमा अलिक अलग देखियो, ‘तर पनि प्रेम प्रसङ्गमा भुल्नै नसकिने घटनाहरु मेरो स्मृती छन्।’
त्यस्तो कुन घटना होला जसले अहिले ‘हिट लाइन अप’मा रहेका नायक खड्काको प्रेम प्रसङ्गको स्मृती श्रृंखला टुटाइदिन्छ। त्यसो त हरेकका जीवनमा प्रेम उपक्रमहरु जोडिन आइपुग्छन् तर प्रेमकथालाई परख गरिरहेका यी नायकका शब्दमा यस्तै परिघटनाका कारण उनले प्रेमलाई अहिलेसम्म गम्भिर रुपमा लिएनन्।
‘कक्षा ११ मा पढ्दा एउटीसँग प्रेममा परेको थिएँ। त्यो बेला मसँग गर्लफ्रेण्ड त थिइन् तर बाइक भने थिएन’ नायक प्रदीप खड्का ठट्यौली शैलीमा बोल्दै थिए, ‘बाइक नभएकै कारण मैले प्रेमीका गुमाएँ।’
एउटा लामो हाँसो पछि उनले घटनाको विवरण सुनाए।
कुरा ‘भ्यालेन्टाइन डे’को रहेछ। उनी गिफ्ट लिएर प्रेमीका भेट्न जाँदै थिँए। किशोर बयको चञ्चलता थियो। फिल्मका क्रेजी जो थिए उनी, फिल्ममा हिरोले हिरोइनलाई उपहार दिए जसरी प्रेमीकालाई उपहार दिनु थियो। गुलावको फूल दिनु थियो।
‘तर भइदियो अर्कै’ उनी फेरि हाँसे।
जव प्रदीप हातमा फूल र उपहार लिएर भनिएको ठाउँमा पुगे तब उनले देखे कुनै बाइकवालाले वाइमा चढाएर उनकी प्रेमिकालाई लिएर गयो। ‘मेरै आँखाले यस्तो देखेपछि म त छक्क परेँ’ उनको अनुहारमा अझै हाँसो थियो, ‘त्यसपछि म कहिल्यै प्रेममा सिरिसय भइन। सायद मसँग बाइक भएको भए मैले त्यस्तो दृश्य देख्न पर्दैनथ्यो।’
पछिल्लो समय नेपाली सिनेनगरिका व्यस्त अभिनेता हुन् खड्का। स्टारडम, निर्माताहरुको डिमाण्ड र दर्शकको रोजाईका आधारमा प्रदिप अभिनेता अनमोल पछि दोस्रो स्थानमा गनिने अभिनेता भित्र पर्दछन्। उनि अभिनित फिल्म रोज यही भदौ २२ गतेबाट सार्वजनिक प्रदर्शनको तयारिमा रहेको छ।
फिल्म ‘ठूलो मान्छे’ हुदै ‘स्केप’बाट नेपाली रजतपटमा पाइला सुभारम्भ गरेका अभिनेता प्रदिपको अभिनय यात्रा फिल्म ‘प्रेम गीत’ पछि सहज बन्न पुग्यो। उनि उक्त फिल्ममा अभिनेत्री पुजा शर्मासँग पर्दामा पहिलो पटक देखिएका थिए।
वास्तविक प्रेममा बाइक नभएपछि कुनै बेला प्रेमीका गुमाएका यी नायकको फिल्मी किस्सामा भने २०७२ सालको भूकम्पपछि यूटन आयो। भूकम्पका कारण अष्ट्रेलिया जान चालिएको प्रोशेस रोकियो। त्यही फिल्म प्रेम गीतका लागि निर्देशक सुर्दशन थापाले उनैलाई अनुबन्ध गरे। फिल्ममा प्रदीप र पूजाको अभिनयलाई दर्शकले मन पराए। फिल्म हिट भयो।
‘त्यो फिल्मको कथा पनि प्रेमकथा थियो’ उनले भने, ‘ तर त्यपछिका दिनमा सन्तुष्ट छु।’
त्यसयता उनले ३ वटा फिल्ममा अभिनय गरिसकेका छन्। फिल्म प्रेम गीत २, लिलिबिली यसअघिनै प्रर्दशनमा आइसकेका छन् भने फिल्म ‘रोज’ प्रर्दशनको अन्तिम तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।