नेपाल चिकित्सक संघले ६ हजार भन्दा बढी डाक्टरको नेपाल मेडिकल काउन्सिल प्रमाण पत्र (लाइसेन्स) सरकारलाई बुझाएको छ। संघले आइतबार काउन्सिलमा लगेर डाक्टरहररूको लाइसेन्स बुझाएको हो।
डाक्टरले लाइसेन्स बुझाएपछि बिरामी जाँच गर्न पाउँदैनन्। संघले देशभरका १६ शाखाबाट ६ हजार भन्दा बढी लाइसेन्स संकलन गरेको थियो। संकलन भएका सबै लाइसेन्स संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठको नेतृत्वमा दिउँसो पौने दुई बजे नेपाल मेडिकल काउन्सिल पुगेर लाइसेन्स तथा हस्ताक्षर बुझाएको हो।
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै विरोधमा उत्रेको संघले सरकारलाई दवाव दिन लाइसेन्स बुझाउने निर्णय गरेको हो।
काउन्सिलको तथ्यांक अनुसार नेपालमा २२ हजार डाक्टरले लाइसेन्स लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।