अटो महाकुम्भ भदौ २६ देखि हुने, ३९ ब्रान्डका सवारी प्रदर्शन गरिने

Nepal Live


काठमाडौं– नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ गतेबाट ‘नाडा अटो शो’ आयोजना गर्ने भएको छ। 

शोमा ३९ ब्रान्डका सवारी साधन प्रदर्शन गरिने छ। जसमध्ये १९ ब्रान्डका चार पाङ्ग्रे तथा २० ब्रान्डका दुई पाङ्ग्रे सवारी साधन रहने छन्। 

आयातकर्ता डिलर, उत्पादक तथा बिक्रेता गरी यस वर्ष ७१ कम्पनीको सहभागिताका साथै सानाठूला गरी १ सय ३४ वटा ब्लक तथा स्टलहरु रहने मेला संयोजक निराकार श्रेष्ठले जानकारी दिए।

नाडा र ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजना रहेको शो भदौ ३१ गतेसम्म चल्ने छ। शोमा नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचारप्रसार एवम् प्रवद्र्धन गर्नु मूख्य उद्देश्य रहेको कार्यबाहक अध्यक्ष कृष्णप्रसाद दुलालले बताए। यसपटक ठाउँको अभावका कारण ठूला तथा हेभी कमर्सियल गाडी प्रदर्शनीमा राखिएको छैन।

अटो शोमा सवारी साधनका साथै नयाँ प्राविधिक विकास प्रविधि, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य उपकरणहरु राखिने छन्।
मेलामा दुई पाङ्ग्रे र चार पाङ्ग्रेका लागि छुट्टछुट्टै प्रदर्शनी स्थल तोकिएको छ।

मेला अवधिभर ६० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ। प्रदर्शनी स्थलमा जानका लागि विद्यार्थीलाई १ सय ५० रुपैयाँ र बाँकीका लागि २ सय रुपैयाँ प्रवेश शूल्क तोकिएको छ।


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार