काठमाडौं– शुक्रबारबाट नेपाली फिल्म ‘मेरी मामु’ सोलो प्रदर्शनमा आएको छ।
बाल कलाकार अयुव सेनको मुख्य अभिनय रहेको फिल्मलाई ‘प्रेमगीत’ सिरिज निर्माता सन्तोष सेनले निर्माण गरेका हुन्। आमा र छोराबीचको प्रेमभाव, बाल मानोविज्ञान र विद्यालय उमेरका बालबालिकामा देखिने मानसिक समस्या ‘अपोजिसनल डिफाइन्ड डिस्अर्डर’ (ओडिडी) सम्बन्धी कथावस्तुमा फिल्म निर्माण गरिएको छ।
बाल कलाकार अयुवका अलावा कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरी लगायतको अभिनय रहेको फिल्मलाई यम बरालले निर्देशन गरेका हुन्।
गत हप्ताबाट प्रदर्शनमा आएको फिल्म ‘नाइँ नभन्नु ल ५’को प्रभाव भने दर्शकहरुमा रहिरहेका बेला ‘मेरी मामु’ रिलिज भएको हो।
बलिउड फिल्म ‘स्त्री’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ। अमर कौशिकको निर्देशनमा रहेको फिल्ममा राजकुमार राओ, श्रद्धा कपुर, पञ्कज त्रिपाठी लगायतको मुख्य अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।