काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका सम्बन्धमा व्यवस्था गर्न सामाजिक सुरक्षा विधेयक संसद सचिवालयमा दर्ता गराएको छ।
विधेयकमा जेष्ठ नागरिक, आर्थिक रुपले विपन्न, अशक्त, असहाय अवस्थामा रहेको व्यक्ति, असाहय एकल महिला, अपाङ्गता भएको व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने र लोपोन्मुख जातिले सामाजिक सुरक्षा भत्ता पाउने विधेयकमा उल्लेख छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको विधेयकमा स्पाइनल इन्जुरी भएका र गम्भीर रोगका बिरामीहरुलाई पनि भत्ता दिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।
विगत लामो समयदेखि ७० वर्ष उमेर पुगेका वृद्धवृद्धलाई सामाजिक सु्रक्षा भत्ता दिँदै आइएको छ। अब विभिन्न समुदाय र व्यक्तिलाई दिइने सामाजिक सुरक्षा भत्ता कानुनद्धारा व्यवस्थित गर्न सरकारले नयाँ विधेयक संसदमा दर्ता गराएको हो।
यस्तो छ विधेयक:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।