काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले शिक्षा क्षेत्रको विकासमा सरकार गम्भीर रहेको दाबी गरेका छन्।
सभामुख महराले सरकारले सबै नागरिकलाई सहज ढंगले शिक्षा लिने वातावरण बनाउन शिक्षा सम्बन्धि विधेयक संघीय संसदमा पेश गर्ने तयारी गरिरहेको जानकारी पनि दिए।
शनिबार प्याब्सनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रको आमूल परिवर्तनमा योगदान दिन निजी क्षेत्रका विद्यालयहरुलाई पनि आह्वान गरे। सभामुख महराले निजी क्षेत्रका विद्यालयहरुको माग सम्बोधन हुने गरी कानुन निर्माणमा आफूले सक्दो पहल गर्ने आश्वासनसमेत दिए।
कार्यक्रममा माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट भएका विद्यालयका विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।