अष्ट्रेलिया– चर्चित गीत 'तीखो चुलेसीमा'को भिडियो १८ वर्षपछि रिमेक गरिएको छ। गीतकार तथा गायक सुनिल वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले म्युजिक भिडियो रिमेक गरेका हुन्।
सुनोद श्रेष्ठले निर्देशन गरेको भिडियोमा उनी आफैँ र मोडल एन्जी मुल्मी श्रेष्ठको अभिनय छ। रिमेक गरिएको भिडियो अष्ट्रेलियाको मेल्बर्नमा छायांकन गरिएको हो।
´गीत आएको १८ वर्षपछि भिडियो रिमेक गर्नुको उद्देश्य सुनिल दाईको सम्झना हो,´ सुनोदले भने। सुनोदले यसअघि 'विर्सन सक्दिन', 'सात समुन्द्र पारी'लगायत आधा दर्जन गीतको भिडियो रिमेक गरेका छन्। श्रेष्ठ एस इभेन्टस एण्ड मल्टिमिडिया कम्पनी मार्फत् नेपाली गीतसंगीत तथा चलचित्रको प्रवर्द्धनमा सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।