काठमाडौं– दुई चिनियाँ किशोर बाघको हड्डीसहित पक्राउ परेका छन्। १८ बर्षिय जिया वेयी र १९ बर्षिय झाङ यु तियानलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
क्षेत्रपाटी अस्पताल अगाडि बा ७२ प ८६०२ नम्बरको स्कुटरमा सवार उनीहरुलाई प्रहरीले बाघको हड्डीसहित पक्राउ गरेको हो।
उनीहरुले बोकेको बोराभित्र १३ वटा बाघको हड्डी भेटिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई प्रहरीले थप कारबाहीका लगि जिल्ला वन कार्यालय, काठमाडौंमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।