काठमाडौं– नेपाली कांग्रेसका सांसद अमेरश कुमार सिंहले संसदमा प्रश्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्ने कि ‘करप्रसाद ओली’लाई गर्ने द्धिविधामा परेको बताएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सिंहले संसदले ओलीलाई प्रधानमन्त्री बनाएको छ, तर जनताले सामाजिक सञ्जाललमा ‘करप्रसाद ओली’ बनाइदिएको उल्लेख गरे। उनले भने ‘हामी कन्प्युजमा छौं। हामीले प्रश्न कोसँग गर्ने? केपी शर्मा ओलीसँग गर्ने कि करप्रसाद ओलीसँग गर्ने?’
उनले मकै पोल्नेलाई ठेला वालालाई, खोला तर्नेजस्तालाई लगाइएको करप्रति आपत्ति जनाए। करमा एकरुपताको माग गर्दै उनले भने ‘एउटै व्यक्तिलाई तिन ठाउमा कर लगाउन पाइँदैन। करमा एकरुपता हुनुपर्छ।’
सांसद सिंहले करप्रति जनताको वितृष्णा जागेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।