काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सबै तहका सरकारमा विकास भनेकै पूर्वाधार हो र त्यो जसरी बनाए पनि हुन्छ धारणा भएकाले विकासको रोमाञ्चकारी यात्रा विनाशमा गएर टुंगिन सक्नेमा सचेत बन्न आग्रह गरेका छन्।
गएको साल तराईमा देखिएको जस्तै वर्षात यसपटक भारतको केरलामा देखिएको भन्दै थापाले एकै ठाँउमा बादल अडिने, धेरै दिनसम्म वर्षा भइरहने कुरा सामान्य नभएर प्रवृत्तिकै रुपमा रहेको विशेषज्ञहरुले बताउन थालेका उल्लेख गरे।
'हाम्रो कलिलो पहाडमा मात्रै होइन, समथर भूभागमा पनि यस्तै खालको वर्षात हुँदै गएमा हाम्रो हालत के होला?', सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा थापाले प्रश्न गरे।
'सबै तहका सरकारहरुले विकास भनेको पूर्वाधार हो। र, पूर्वाधार जसरी बनाए पनि हुन्छ भन्ने धारणा रहिरहने हो भने विकासको रोमाञ्चकारी यात्रा विनाशमा गएर टुंगिन बेर पनि लाग्दैन', थापाले भने, 'त्यसैले बेलैमा सचेत पनि बनौं। हाम्रो काम गर्ने तरिकालाई सञ्चाऔं पनि।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।