जाकर्ता (इन्डोनेसिया) - एसियाली खेलकुद (एसियाड) अन्तर्गत तेक्वान्दोमा सोमबार प्रतिस्पर्धा गरेका ३ नेपाली खेलाडी पराजित भएका छन्।
पुरुष ५८ केजीमा नेपालका सागर गुभाजु अन्तिम १६ को खेलमा भियतनामका भो क्वाइ हङ २५-२ ले पराजित भए। त्यसअघि उनले उनले अन्तिम ३२ भुटानका दोर्जी तेन्जिङलाई ५४-४० ले हराएका थिए।
महिला ५३ केजीमा निमा गुरुङ लेवनानकी खेलाडीसँग २३-१०ले पराजित भइन। महिलाकै ६७ केजी अन्तिम १६ को खेलमा संगिता बस्याल पनि पराजित भइन्। उनी फिलिपिन्सकी अर्पोन दर्लेने मइसँग २०-१७ले हारिन्।
योसँगैै नेपालले तेक्वान्दो ६ स्पर्धामा हारेको छ। यसअघि आइतबार नेपालले पुम्सेको ३ स्पर्धामा हार बेहोरेको थियो।
पौडीमा पनि खराब नतिजा
पौडीमा सोमबार प्रतिस्पर्धा गरेका दुवै खेलाडी पराजित भए। सय मिटर फ्रिस्टाइलमा गौरिका सिंह र टिसा शाक्य हिट चरणबाटै बाहिरिए। गौरिका समग्रमा १८औं र टिशा समग्रमा २२औं स्थानमा रहे। गौरिकाले निर्धारित दूरी १ मिनेट o.८२ सेकेन्डमा पार गरेका थिइन्। यस्तै टिसाले १ मिनेट ३.९६ सेकेन्डमा निर्धारित दूरी पार गरिन्।
गौरिकाले अब ५० मिनेट फ्रिस्टाइल र टिसाको ५० मिटर ब्रेस्टस्टोक बाँकीमा प्रतिस्पर्धा गर्नेछिन्। पौडीमा शिरिश गुरुङले मंगलबार ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।