काठमाडौं– फ्रान्सका लागि पूर्वराजदूत केशव झाको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
काठमाडौंको थापाथलीस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका झाको घरमा रहेका उनका सुरक्षा गार्ड सानु तामाङलाई नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक सोधपुछ गरेको छ। घरमा झासहित उनकी श्रीमती र एक सुरक्षागार्ड थिए। झाका छोरा बुहारी शनिबार मात्रै विदेशतिर गएको उनका छिमेकीहरुले बताएका छन्।
प्रहरी अहिले घटनास्थलमा छ। प्रहरीले झाकी श्रीमतीसँग पनि सोधपुछको तयारी गरिरहेको छ।
८० बर्षिय झाको टाउको र घाँटीमा गहिरो चोट लागेकोले प्रहरीले उनको मृत्युलाई हत्या बताएको हो।
घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए। उनले भने, ‘हामीले घटनाबारे सोधपुछ सुरु गरेका छौं। छिट्टै नै सत्यतथ्य बाहिर आउनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।