काठमाडौैं– पूर्व राजदूत केशबराज झा मृत अवस्थामा भेटिएका छन्। उनको हत्या भएको आशंका गरिएको छ।
थापाथलीस्थित आफ्नै बिस्तारामा उनी मृत भेटिएका हुन्। उनकाे टाउकोमा छुरा हानिएको जस्तो चोट रहेको प्रहरीले जनाएको छ।
परराष्ट्रका पूर्व कर्मचारी झाले फ्रान्सका लागि नेपाली राजदूत भएर काम गरेका थिए।
फरेन्सिक विज्ञहरु बोलाएर घटनाको अनुसन्धान अघि बढाइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
घरमा उनी श्रीमतीसँग बस्दै आएका थिए। घरमा काम गर्ने युवक समेत थिए। बेलुका उनी कोठामै एक्लै सुतेका थिए।
घरबाट सामानहरु पनि केही चोरी भएको खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।