गाईघाट– उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७, ध्वाँसे खोलामा विद्युतको लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको प्रहरीले जनाएको छ।
विद्युतको मूल लाइनबाट ‘हुकिङ’ गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।