ब्याडमिन्टन
पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा क्वार्टफाइनलमा प्रवेश।
नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्योश। नेपाली टिम - रत्नजित तामाङ, दिपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठ
क्वाटरफाइनल - मंगलबार चाइनिज ताइपेईं विरुद्ध प्रतिस्पर्धा
महिला टिम इभेन्टमा माल्दिभ्ससँग नेपाललाई ३–२ को सेटमा हरायो। नेपाली टिम नङशल तामाङ, जेशिका गुरुङ, रशिका महर्जन र अमिता गिरी ।
कुस्ती
५७ केजीमा भागवत शाह तेली इरान, ७५ केजीमा सुरेश चुनारा जापान तथा ६५ केजीमा सरोज यादव मंगोलियाका खेलाडीसँग पहिलो चरणमै पराजित भए । तीनै खेलाडी १०–० ले पराजित भए। सुरेश जापान, सरोज मंगोलिया र भावगत इरानका खेलाडीसँग पराजित
तेक्वान्दो
तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङ पराजित भएका छन् । कमल र पार्वती दुवै चाइनिज ताईपेईंका खेलाडीसँग हारे।
महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि नेपाल चाइनिज ताइपेईंसँग पराजित।
सुटिङ
नेपालले मिक्स टिम इभेन्टमा समग्रमा २२ मध्ये अन्तिम रहदै बाहिरियो। राष्ट्रका खेलाडी सहभागी मिक्स टिम इभेन्टमा सुस्मिता नेपाल र सुशे चौधरीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेका थिए।
४३६ पुर्णाङ्कमा सुस्मिताले ४०३.५ र सुशे चौधरीले ३७२.९ अंकको प्रदर्शन गरे। अब सुस्मिता र सुशेसहित कल्पना परियारले व्यक्तिगत १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन्।
कबड्डी
पुरुष कबड्डीको समूह ‘बी’ को लिग खेलमा आयोजक राष्ट्र इन्डोनेसियाले नेपाललाई ३३–२९ ले हरायो। ११ राष्ट्र सहभागी पुरुष कबड्डीको समूह ‘बी’ मा नेपाल, इन्डोनेसियासहित जापान, इरान, मलेसिया र पाकिस्तान छन्। नेपालले मंगलबार जापान, बुधबार इरान र मलेसिया तथा अगष्ट २३ तारिखमा पाकिस्तान विरुद्ध खेल्नेछ।
फुटबल
पुरुष फुटबलमा नेपाल समूह चरण बाटै बाहिरियो। समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा नेपाली यु–२३ टोली पाकिस्तानको यु–२३ टोलीसँग २–१ गोलले पराजित भयो। ४ राष्ट्र रहेको उक्त समूहमा नेपाल यसअघि जापानसँग १–० र भियतनामसंग २–० गोलले पराजित भएको थियो।
फेन्सिङ
फेन्सिङमा आइतबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलाको साबर स्पर्धामा कमला श्रेष्ठ र रविना थापा पराजित भए ।
लनटेनिस
लनटेनिसको पुरुष सिंगल्समा नेपालका संरक्षकभूषण वज्राचार्य आयोजक इन्डोनेसियासंग २–६ र २–६ तथा अभिषेक बाँस्तोला भियतनामसंग ६–१, ३–६ र ३–६ को सेटमा पराजित भए । महिला सिंगल्समा भियतनामका खेलाडीले माहिका राणालाई ६-० र ६-१ को सेटमा पराजित गरिन्। यस्तै मायांका राणालाई पनि भियतनामकी खेलाडीले ६-० र ६-० ले हराए।
मिक्स डबल्समा महिका राण र प्रवण खनालको जोडीलाई हङकङका खेलाडीले ६-० र ६-१ ले पराजित गरे। यता संरक्षक र एनीलाई हङकङका खेलाडीले ६-१ र ६-० ले पराजित गरे।
उसु
पुरुष थाउलोको छान् छुवानमा नेपालका विजयी सिन्जालीले समग्रमा ८.२५ अंक जोडे। उनी १८ खेला८ी मध्ये १५औं स्थानमा रहे। यस्तै नीमा घर्तीमगर मगर १२ मध्ये १० औं स्थानमा रहन सफल भए। सागकी स्वर्ण विजेता नीमाले सोमबार नान् ताउमा प्रतिस्पर्धा गर्नेछिन्। महिलाको सान्सौंको ५२ केजीि तौल समूहमा जुनी राई भिकेजीमा यतनामकी खेलाडीसँग हारिन्। यस्तै पुरुष ६० केजीमा मंगल प्रसाद थारु इन्डोनेसिया र ७० केजीमा त्रिभसिंह ठकुरी दक्षिण कोरियाका खेलाडीसँग पराजित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।