काठमाडौैं– मदन भण्डारी फाण्डेशनका अध्यक्षमा उषाकिरण भण्डारी पुनःचयन भएकी छिन्।
शनिबार सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले जननेता मदन भण्डारीकी सुपुत्री भण्डारीलाई चार वर्षका लागि पुनःअध्यक्षमा चयन गरेको हो । फाउण्डेशनका संस्थापक अध्यक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी छिन्।
संस्थापक अध्यक्ष भण्डारी राष्ट्रपतिमा चयन भएपछि फाउण्डेशनका अध्यक्षमा उषाकिरण भएकी हुन्। सम्मेलनले चयन गरेको ४५ सदस्यीय नयाँ कार्यसमितिका सचिवमा पेम्वा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई छन्।
यसैगरी सदस्यमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, डा राजन भट्टराई, महेश बस्नेत, छविलाल विश्वकर्मा, गुरुप्रसाद बराल, देवराज घिमिरे, सोमनाथ प्यासी, हिक्मत कार्की, कृपाशुर शेर्पा, राजेन्द्रप्रसाद गौतम, महेन्द्रबहादुर पाण्डे, गणेशमान गुरुङ, आनन्दप्रसाद पोखरेल, सूर्य ढकाल, प्रेम दंगाल, सुशील प्याकुरेल, रवीन्द्र शर्मालगायत छन्। सम्मेलनले बाँके जिल्लालाई उत्कृष्ट शाखा जिल्ला घोषणा गरेको छ । फाउण्डेशनका ५५ जिल्लामा शाखा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।