काठमाडौं– विदेश जाने युवालाई ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागले कान्तिपुर ओभरसिज सर्भिस प्रालि सामाखुसीमा छापा हानेको छ। पूर्व स्विकृती समेत नलिई कतार पठाइदिने भन्दै प्रतिव्यक्ति १ लाखसम्म असुल गरेको उजुरीका आधारमा बिभागले आइतबार छापा हानेको छ।
सो मेनपावर कम्पनीले अन्तर्वार्ता लिइरहेको भन्ने सुचना श्रम मन्त्रालयले पाएको हो। बिभागको टोलीले अन्तर्वार्तास्थलमै छापा हानेर कार्यालयबाट कागतजागत बरामद गरेको छ।
मेनपावरका गतिविधि शंकास्पद देखिएकोले सम्पुर्ण कागजपत्र जफत गरी कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरी थप अनुसन्धान अगाडी बढाइएको बिभागका प्रवक्ता उद्धवप्रसाद रिजालले जानकारी दिए।
कान्तिपुरले कतार जाने कामदारसँग सरकारले तोकेको भन्दा धेरै रकम असुल्ने गरेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।