काठमाडौं – अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा फिल्म ‘बाँध मायाले’को 'प्रिमियर शाे' सम्पन्न भएको छ। अगष्ट १८ मा भएको उक्त 'शो'मा फिल्मका अभिनेता आर्यन अधिकारी सहभागी थिए।
फिल्मका सह–निर्माता महेन्द्र अधिकारीको व्यवस्थापनमा सम्पन्न 'प्रिमियर शाे'मा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको बताइएकाे छ। आजका लागि पनि फिल्मको अर्को 'शाे' राखिएको फिल्म युनिटले जानकारी दिएको छ।
रामहरी धिताल र विभेषिका श्रेष्ठको निर्माणमा तयार फिल्म ‘बाँध मायाले’ मा महेन्द्र अधिकारी र केदार धिताल सह–निर्माताका रुपमा रहेका छन्।
फिल्ममा आर्यन अधिकारी र सृष्टी श्रेष्ठको पहिलो पटक स्क्रिन सेयर गरेका छन्। फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेन लगायतको अभिनय रहेको छ।
असोज ५ गतेबाट नेपालभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म अष्ट्रेलियापछि आउँदो अगस्ट २८ तारिखमा अमेरिकास्थित सानफ्रान्सिस्कोमा समेत प्रदर्शन गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।