जाकर्ता– एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोतर्फ नेपाली तीन खेलाडीले सोमबार प्रतिस्पर्धा गर्ने भएका छन्। जसमा महिला ५३ केजीतर्फ निमा गुरुङले प्रतिस्पर्धा गर्ने छिन्।
उनी अन्तिम ३२ बाट ‘बाई’ पाएर अन्तिम १६ मा प्रवेश गरेकी छिन्। अन्तिम १६ को खेलमा उनले लेवनानकी एओउन लाइटिटिआसँग भिड्ने निश्चित भएको छ। उनको क्वार्टरफाइलन प्रवेशको सम्भावना बलियो रहेको बताइएको छ।
त्यसैगरि महिलाकै ६७ केजीतर्फ संगिता बस्याल नेपालीले अन्तिम १६ मा फिलिपिन्सकी डार्लनेमाइ एर्पाेनसँग प्रतिस्पर्धा गर्ने छिन्।
पुुरुष ५८ केजीतर्फ सागर गुुवाँजुुले अन्तिम ३२ को खेलमा भुटानका दोर्जी तेन्जीङसँग प्रतिस्पर्धा गर्ने छन्। सागरले भुुटानलाई हराउँदै अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बलियो रहेको दावी गरिएको छ। उनले आफूले सक्दो मेहेनत गरेको पनि बताए।
नेपालले तेक्वान्दोमा ६ पुुरुष र ८ महिलाले प्रतिस्पर्धा गर्दै छन्। तेक्वान्दो टोलीले दक्षिण कोरियामा विशेष प्रशिक्षण लिएर जाकर्ता आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।