एसियाली खेलकुद : ब्याडमिन्टनको पुरुष टिम इभेन्ट्समा नेपाल क्वार्टर फाइनलमा प्रवेश

Nepal Live

जाकर्ता– इन्डोनेसियाको जाकर्तामा चलिरहेको एसियाली खेलकुदको ब्याडमिन्टनतर्फको टिम इभेन्टमा नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको छ। राउन्ड अफ सिक्सटिन अन्तर्गत पुरुष टिम इभेन्ट्सतर्फ आज भएको समूह चरणको खेलमा नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो।

नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ सहभागी थिए।

उता महिला टिम इभेन्ट्सतर्फ भने नेपाली टोली पराजित भएको छ। समूह चरणको खेलमा नेपाललाई माल्दिभ्सले ३–२ सो सेटमा पराजित गरेको हो। नंगसाल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी रहेको टोली माल्दिभ्सका खेलाडीसँग हार्न पुगेका हुन्।

यसअघि आजै भएको तेक्वान्दोतर्फका दुवै एकल स्पर्धामा नेपालका खेलाडी पराजित भएका थिए। राउन्ड अफ सिक्सटिनको खेलमा नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङ दुवै जना चाइनिज ताइपेहका खेलाडीसँग पराजित भएका प्रशिक्षक दिपक विष्टले जनाएका छन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार