बक्सअफिसमा अभिनेता अक्षय र  जोन अब्राहमको घट्दो व्यापार

Nepal Live

काठमाडौं – गत बुधबारबाट  प्रदर्शनमा आएको बलिउड फिल्म ‘सत्यमेव जयते’ले भारतीय बक्स अफिसमा यतिबेला सन्तोषजनक व्यापार गरिरहेको छ। अभिनेता जोहन अब्राहम र मनोज बाजपेइको मुख्य अभियन रहेको फिल्मले ३ दिनमा ३३ करोड बढीको व्यापार गरिसकेको छ। 

प्रदर्शनको पहिलो दिन २०.५२ करोडको व्यापार गरेको  फिल्म ‘सत्यमेव जयते’जोन अब्राहम अभिनित फिल्महरुमध्ये  पहिलो दिनमा सर्वाधिक बढि व्यापार गर्ने फिल्मको सूचिमा परेकाे  थियाे।

बुधबार अब्राहमको ‘सत्यमेव जयते’सँगै अभिनेता अक्षयको मुख्य अभिनय रहेको गोल्ड पनि सार्वजनिक प्रदर्शनमा आएको थियो। उक्त फिल्म गोल्डले भने ‘सत्यमेव जयते’ले भन्दा उत्कृष्ट व्यापार गर्दै पहिलो दिननै ३३करोड ग्रस कलेक्सन गर्न सफल बनेको थियो। 

करिव २५सय हलहरुमा एकसाथ प्रर्दशनमा आएको फिल्म ‘सत्यमेव जयते’ले पहिलो दिन २०.५२ करोडको व्यपार गरेपनि दोस्रोदिन बाट भने व्यपारमा ठूलो गिरावट देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  फिल्मले दोस्रो र तेस्रो दिनमा भने  ७ करोड ग्रस कलेक्सनमा चित्त बुझाउनु परेको छ।

यसैगरि फिल्म गोल्डको पनि ब्यापारमा भारी गिरावट आएको छन्। पहिलो दिन २५.२५ करोड बढीको  व्यापार गरेको फिल्मले दोस्रो र तेस्रो दिनमा भने क्रमश ८ र १० करोडमा चित्त बुझाउनु परेको छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार