जाकर्ता (इन्डोनेसिया)- इन्डोनेसियाको जाकर्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आज साँझ १८औं एसियाली खेलकुद (एसियाड) को उद्घाटन हुँदैछ। इनर्जी अफ एसिया (एसियाको शक्ति) नारासहित एसियाड आयोजना गर्न लागेको इन्डोनेसियाले उद्घाटन समारोहलाई भव्य बनाउने तयारी गरेको छ।
उद्घाटन समारोहमा नेपालसहित ४५ देशका खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथीले भाग लिँदैछन्। ४० खेलमा ४२० स्वर्णका लागि हुने एसियाडमा नेपालले २९ खेलमा भाग लिएको छ।
इन्डोनेसियाले उद्घाटनमार्फत आफ्नो मात्र होइन एसियाकै शक्ति प्रदर्शन गर्ने उद्देश्य लिएको छ। जसका लागि उद्घाटन समारोहलाई रोचक बनाउन इन्डोनेसियाले लामो सयमदेखि समय खर्च गरेको छ। इन्डोनेसियाको राजधानी जाकर्ता र पुरानो सहर पालेङबाङमा आयोजना हुने एसियाडलाई भव्य बनाउन सहर प्रत्येक सपिङ मल र नीजि कम्पनी मात्र होइन समान्य पसलमा समेत एसियाडको ब्यानर टाँगिएका छन्।
राष्ट्रपतिले उद्घाटन गर्ने
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले नेपाली समयअनुसार साँझ सवा ६ बजे एसियाडको उद्घाटन गर्नेछन्। उनले ४५ देशबाट आएका खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथीलाई स्वागत गर्नेछन्। उद्घाटन समारोहमा ओलम्पिक काउन्सिल अफ एसिय (ओसिए) का अध्यक्ष शिख अहमेद अल फहदा अल सबाह र १८औं एसियाड आयोजक समितिका अध्यक्ष इरिक तोहिरले पनि स्वागत गर्नेछन्। उद्घाटन समारोहमा दक्षिण कोरियाका प्रधानमन्त्री लि नाक यीओन पनि सहभागी हुने कार्यक्रम छ।
एसियाली खेलकुद अायाेजनाका लागि इन्डोनेसिया तयार [फोटो फिचर]
अहिलेसम्मकै ठूलो मञ्च
१८औं एसियाडको उद्घाटन समारोह हुने मञ्च अहिलेसम्मकै ठूलो हुनेछ। मञ्च ठूलो खेलकुद प्रतियोगिताकै अहिलेसम्मकै भएको दाबी गरिएको छ।
उद्घाटन समारोहको मञ्चको लम्बाई १ सय २० मिटर, चौडाई ३० मिटर र उचाई २६ मिटरको हुनेछ। मञ्चको दृश्य पहाडको जस्तै हुनेछ भने इन्डोनेसियाका रुख पनि देखिनेछन्। यस्तै ४ हजारले आफ्नो नृत्य प्रस्तुत गर्नेछन्। यसका लागि महिनौं अभ्यास गरिएको थियो। उद्घाटन समारोहमा ६ हजार खेलाडी तथा अफिसियल सहभागी हुनेछन्।
दक्षिण र उत्तर कोरियाको संयुक्त टिम
एसियाडमा ४५ देश सहभागी हुने भएपनि ४४ देशको झन्डा मात्र देखिनेछ। किनकी दक्षिण कोरिया र उत्तर कोरियाको संयुक्त टोली उद्घाटन समारोहमा सहभागी हुनेछन्। दुबै देशका खेलाडी,प्रशिक्षक र अफिसियल एउटै झन्डमा देखिनेछन्। मार्चपासमा दुवै देशका खेलाडीहरु गरुण चराको आकारको ट्याक सुट लगाएर उपस्थित हुनेछन्।
एसियाडमा जसले बोक्दैछन् नेपाली झन्डा
विशाल प्रस्तुति
एसियाडको उद्घाटन समारोहलाई विशाल बनाउन इन्डोनेसियाले विगत ६ महिनादेखि अभ्यास गरेको थियो। उद्घाटन समारोहमा इन्डोनेसियाका १८ स्टार कलारकले आफ्नो प्रस्तुती दिनेछन्। अन्गुन, राइसा, टुलुस, इडो कोन्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिने छन्। गायक गायिका बाहेक ३६ सय डान्सरले पनि आफ्नो प्रस्तुती दिनेछन्। इन्डोनेसियाका स्टार कोरियोग्राफर डेनी मलिक र इको सुप्रियान्तोले ३६ नृत्यको निर्देशन गर्नेछन्।
यस्तै सयौं संगितकरले आफ्नो धुन बनाएर मन्त्रमुग्ध पार्नेछन्। डान्सरहरुले उद्घाटन समारोहका लागि १ सय २६ दिनसम्म तयारी गरेका थिए। तयारीका क्रममा उनीहरुले २ लाख ३१ हजार बोतल पानी पिएका थिए। उद्घाटन समारोहलाई ५० हजारले प्रत्यक्ष अवलोकन गर्ने २०१८ एसियाडको उद्घाटन समारोहलाई ५० हजारले रंगशालामै अवलोकन गर्नेछन्।
बुङ कार्नो रंगशालामा दर्शक, खेलाडी, प्रशिक्षक, अफिसियल, अथिती र पत्रकार सहभागी हुनेछन्। उद्घाटन समारोहका लागि रंगशालालाई आउने बाटो र वरिवरीको सडक बन्द गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।