काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गर्ने भएका छन्।
जनकपुरधामस्थित प्रदेशसभा भवनमा बिहान ११ बजे सम्बोधनको कार्यसूची रहेको सभामुख सरोजकुमार यादवले जानकारी दिए।
सम्बोधन गरेपछि उनीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनुषाको बरमझियामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मधेसमा माओवादीबाट ज्यान गुमाएका नेता रामवृक्ष यादवको स्मृतिसभा हुन लागेको हो। यादवको २०५१ भाद्र २ मा हत्या भएको थियो।
यसअघि प्रदेश ओलीले प्रदेश १, ३ र ५ प्रदेशका सांसद्लाई सम्बोधन गरिसकेका छन्। उनले साउन ३ मा गण्डकी प्रदेशसभामा सम्बोधन गरेका थिए।
सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रधानमन्त्रीले संसदमा आफ्ना विचार प्रस्तुत गर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।