रुकुम- रुकुमको पश्चिम क्षेत्रमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी आठविसकोट नगरपालिका–१ का ३८ वर्षीय राजकुमार विकको घटनास्थलमै मृत्यु भएको छ। सोही नगरपालिका–२ का चालक बलजीत बिक भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते बिकको स्थानीय मेडिकलमा उपचार भइरहको बताइएको छ। बाफिकोट गाउँपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने स्पार्पू दह नजिकै चामल लिएर गइरहेको रा१त ३१०६ नं को ट्याक्टर करिब एक हजार मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।