कोची, भारत- भारतको केरला राज्यमा केही दिनदेखिको निरन्तर वर्षाका कारण मृत्यु हुनेको सङ्ख्यामा विगत २४ घन्टामा तीन गुणाले वृद्धि भएको भारतीय सरकारी अधिकारीले जनाएका छन्।
शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको तथ्याङ्क अनुसार बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुगेको छ।
मुख्यमन्त्री विजयनले केरलामा बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको बताएका छन्। विगत १० दिनमा मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।