एजेन्सी – बुधबारबाट प्रदर्शनमा आएको अक्षय कुमार अभिनित फिल्म गोल्ड इन्टरनेटबाट बाहिरिएको छ। भारतीय सञ्चार माध्यम 'आज तक'का अनुसार फिल्म 'टोरेन्ट'मार्फत दर्शकले हेर्न सक्नेछन्।
रिमा कागतीको निर्देशनमा निर्माण भएको फिल्म भारतीय राष्ट्रियतासँग जोडिएको फिल्म हो। स्वतन्त्र भारतका लागि ओलम्पिक खेलमा स्वर्ण दिलाउने खेलाडीको कथा समावेस गरिएको फिल्मले प्रदर्शनको पहिलो दिन उत्कृष्ट व्यापार गर्न सफल भएको थियो। तर फिल्मले प्रदर्शन पछिका २ दिनमा भने अपेक्षा अनुरुपको व्यापार गर्न नसकेको सञ्चार माध्यममा उल्लेख छ।
फिल्मले बुधबार मात्र २४ करोडको ग्रस व्यापार गरेको थियो। तर इन्टरनेटमा बाहिरिएसँगै यसले फिल्मको व्यापारमा नकारात्मक असर पुर्याउने सम्भावना बढेको छ। 'आज तक'का अनुसार 'टोरेन्ट' प्रयोगकर्ताले अनलाईनबाट निशुल्क रुपमा फिल्म हेर्न तथा डाउनलोड गर्न मिल्ने भएकाले यसले फिल्मको ब्यपारमा प्रत्यक्ष असर गर्ने देखिन्छ।
फिल्ममा अक्षयका साथ, मौनी राय, विनितकुमार सिंह, अमित साथ, कुणाल कपुर लगायतको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।