प्रकाण्डलाई छाड्न सर्वाेच्चको आदेश

Nepal Live

काठमाडौं–  व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम  चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लाई सर्वाेच्च अदालतले थुनामुक्त गर्न  आदेश गरेको छ ।

न्यायाधीशद्धय चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको इजलाशले यस्तो आदेश गरेको हो ।

 सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको रोहवरमा छाड्न आदेश भएको हो। 

प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट आइतवार दायर गरेका थिए ।  

 आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्चले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो ।   चन्दा ऐन २०३० अनुसार काठमाडौं प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएको थियाो। 
उनीमाथि ७ करोड चन्दा असुलेको आरोप थियो। 
 

प्राप्त प्रतिकृयाहरू

Surendra bogati
Sarakar ando ko rup ma hidirayako xa chanda ta hijo yard sarakar ka manxe haru le nai chanda uthai raheko thiya been bina kam ma tauko dukhauxa

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार