काठमाडौं– यातायात कार्यालयमा कतिसम्म घुसखोरी चलेको छ भन्ने कुरा शुक्रबार यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङमा देखियो।
ट्रायल पास गरेका व्यक्तिहरुले लाइसेन्स लिनुअघि राजश्व बुझाउँदा समेत कर्मचारीले घुस असुलेका छन्। सहलेखापाल देवेन्द्र गोइतले १६ हजार रुपैयाँ घुस लिएका छन्। ५१ हजार ५ सय रुपैयाँ राजश्व एकमुष्ठ बुझेर त्यसको रसिद दिएवापत उनले घुस असुलेका हुन्।
गोइत र यातायात व्यवस्था कार्यालयमा मेडिकल सहयाकका रुपमा काम गर्ने नारायण श्रेष्ठलाई अख्तियारले कार्यकक्षबाटै घुससहित पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।