धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै डेटिङमा बोलाएर प्रेमिकाको हत्या

Nepal Live

अभियुक्त भट्टराई पक्राउपछि प्रहरी कार्यालयमा


विराटनगर– आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै एक युवकले डेटिङमा बोलाएर बिभत्स तरिकाले प्रेमिकाको हत्या गरेका छन्। 

  मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा स्थानीउ  ३० वर्षिय दिनेश भट्टराईले २३ बर्षीया सिता घिमिरेको हत्या गरेका हुन्। चक्कुले हानेर उनले प्रेमिकाको हत्या गरेका हुन्। हत्यापछि भाग्ने क्रममा गाउँलेले उनलाई पक्राउ गरेका छन्। 

प्रहरीका अनुसार शुक्रबार विहान दुवै जना  को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए। भट्टराई हत्याकै योजनाका साथ छुरा बोकेर डेटिङमा गएका थिए। एकान्त ठाउँमा लगेर उनले अन्धाधुन्द रुपमा प्रेमिकामाथि छुरा प्रहार गरेका थिए। 

भाग्न खोज्ने क्रममा स्थानीयलाई समेत उनले छुरा हानेर तर्साउने प्रयास गरेका थिए। 

सीताको अष्ट्रेलियाको भिसा लागिसकेको थियो। उनलाई अष्ट्रेलिया नजान भट्टराईले दबाब दिदै आएका थिए। 

आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेकाले आफूले हत्या गरेको पक्राउ परेका युवकले बताएका छन्। उनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको मोरङका एसपी मनोज केसीले बताए। 
शुक्रबारदेखि लागू भएको मुलुक अपराध संहिताअनुसार यसरी क्रुर तरिकाले हत्या गरेको घटनामा जन्मकैद जेल सजाय हुनसक्छ। जसमा जीवनभर उनी जेल बस्नुपर्ने सजाय हुनसक्छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार