काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रदेश २ को संसदमा सम्बोधन गर्ने भएका छन्।
जनकपुरधामस्थित प्रदेशसभा भवनमा सम्बोधन गरेपछि उनले नेकपा निकटका दलका नेता तथा कार्यकताहरसँग भेट गर्ने कार्यक्रम छ।
यसअघि प्रदेश ओलीले प्रदेश १, ३ र ५ प्रदेशका सांसद्लाई सम्बोधन गरिसकेका छन्। उनले साउन ३ मा गण्डकी प्रदेशसभामा सम्बोधन गरेका थिए।
सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रधानमन्त्रीले संसदमा आफ्ना विचार प्रस्तुत गर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।