सञ्चालनको तयारीमा कलंकी अन्डरपास [फोटो फिचर]

Nepal Live

काठमाडौं– कलंकीस्थित नेपालकै पहिलो ‘अन्डरपास’ सडक निर्माण अन्तिम चरणमा पुगेको छ। तर सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ। 

सरकारले भदौ १ बाट उक्त सडक सञ्चालनमा ल्याउने योजना बनाएको थियो। सडकको ढल र सुरक्षासम्बन्धी पूर्वाधार निर्माणको केही काम बाँकी रहेको काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए। 

कलंकीको जामलाई मध्यनजर गरी अस्थायी रुपमा केही दिनभित्रै यो सडक सञ्चालन गर्ने तयारी छ। पूर्ण रुपमा भने पुसबाट मात्र सञ्चालनमा आउनेछ। तत्कालका लागि २ लेन मात्र सञ्चालनमा ल्याउन लागिएको हो।

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खु पुल–कलंकी चक्रपथ सुधार आयोजना अन्तर्गत अन्डरपास बनेको हो। कलंकी चोकमा निर्माण भइरहेको ८ सय मिटर लामो ४ लेनको अन्डरपासमध्ये ४ सय मिटर कलंकी–खसीबजार भागको ‘फिनिसिङ’को कामसमेत सम्पन्न भएको छ। कलंकी–बाफल भागको ४ सय मिटर ‘फिनिसिङ’ सकेर हस्तान्तरणको तयारी भए पनि अन्तिम समयमा आएर उक्त कार्यक्रम स्थगित भएको हो। योसँगै कोटेश्वर–बल्खु पुल–कलंकी १० दशमलव ४ किमि सडकलाई ८ लेनमा विस्तार गर्ने काम पूरा भएको छ। ९ किमि निर्माण सकिएको र एक दशमलव ४ किमि बाँकी रहेको आयोजनाले जनाएको छ।

चिनियाँ युआन २१ करोड २० लाख (करिब ५ अर्ब रुपैयाँ) अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो। निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ।

दोस्रो चरणमा कलंकीबाट महाराजगन्जसम्म ८ दशमलव ५ किमि सडक विस्तारका लागि गृहकार्य सुरु भएको सडक विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार