काठमाडौँ- राष्ट्रियसभाअन्तर्गत गठित ४ विषयगत समितिको निर्वाचन सरेको छ। भदौ ३ गते निर्धारण गरिएकोमा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको हो।
राष्ट्रियसभाको बिहिबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए। राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।