काठमाडौं – बाल कलाकार अयुव सेनको मुख्य अभिनय रहेको फिल्म 'मेरी मामु'को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार ललितपुरको जावलाखेलस्थित डिएभी विद्यालयमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
‘प्रेमगीत’ सिरिज निर्माता सन्तोष सेन निर्मित चौथो फिल्म ‘मेरी मामु’को सार्वजनिक ट्रेलरमा ६ वर्षीय बालक अयुवको डेव्यु अभिनय देख्न सकिन्छ। सार्वजनिक ट्रेलरमा आमा र छोराबीचको प्रेमभावका साथै 'सस्पेन्स थ्रिलर' देख्न सकिन्छ।
फिल्ममा बाल कलाकार अयुवका अलावा कुसुम गुरुङ, शारुक ताम्रकार, अश्लेषा ठकुरीलगायतको अभिनय रहेको छ।
फिल्म बाल मानोविज्ञान र विद्यालय उमेरमा बालबालिकाहरुमा देखिने मानसिक समस्या 'अपोजिसनल डिफाइन्ड डिस्अर्डर' (ओडीडी)सम्बन्धी कथामा आधारित रहेर निमार्ण गरिएको अभिनेता ताम्रकारले बताए।
कार्यक्रममा बाेल्दै ताम्राकारले भने, ‘फिल्म मेरी मामु एक पारिवारिक प्रेमका साथै विद्यालय उमेरका बालिकाहरुमा देखिने समस्या ओडिडीमा आधारित रहेर निर्माण गरिएकाे हो। यसले गर्दा हाम्रो नयाँ प्रयासलाई दर्शकले साथ दिनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं।’
यम थापाको निर्देशन रहेको फिल्म 'मेरी मामु' आउँदो भाद्र १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ।
हेर्नुस् ट्रेलर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।